प्रधानमन्त्री र मन्त्रीमूखी बजेट स्वीकार्न सकिदैन: प्रकाश ज्वाला
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताउनु भएको छ।
सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै उहाँले उक्त कुरा बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘बजेट झापा, रूपन्देही र काठमाडौँको निम्ति आयो। यसरी हेर्दा बजेट मन्त्रीहरूको एकलौटी कब्जामा परेको देखिन्छ।’
बजेटले दुर्गमलाई नछोएको बताउँदै उपाध्यक्ष ज्वालाले मन्त्रीहरू आफ्ना दलका कार्यर्तालाई बाढेको स्मरण गराउनु भएको छ।
उहाँले भन्नुभयो,‘दुर्गमका अस्पतालमा लगानी छैन। यहाँ मन्त्रीहरूले आफ्ना कार्यकर्तालाई मनलाग्दी रकम बाढेको देखियो। अर्कातर्फ तीन करोडका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई लत्याउने काम भएको छ। यो बजेटले समाजवाद दर्शन भुलेको छ। बाटो बिराएको छ।’