भरत परियारको ‘विछोडको पीडा’ बजारमा (भिडियोसहित)

काठमाडौँ। नेपाली गीत संगीतको दुनियाँमा विगत डेढ दशकदेखि क्रियाशील छन् भरत परियार ।

सल्यानको दमाचौरमा जन्मिएका गायक परियार लोकगीत, क्रान्तिकारी गीत, आधुनिक गीत जस्ता सबै विद्याका गीत गाउन ल्याकत राख्ने कलाकार हुन्। उनले यो डेढ दशकको अवधिमा दर्जनौँ गीतमा आवाज भरिसकेका छन्।

भलै उनले गाएका गीतहरू भाइरल भएका छैनन्। गीत संगीतका असली पारखी र श्रोताहरूले उनका गीत रुचाएको देखिन्छ। पूँजिवाद र उपभोक्तावादी संस्कृतिको विगविगी रहेको नेपाली समाजमा कला चल्दैन, चर्चिकला चल्छ।

यहि कारण पनि भरत परियार जस्ता कला भएका कलाकारहरू गुमनाम जस्तै भएर गाइरहे छन्, असली गीतहरू । श्रोताको मन जितिरहेका उनका गीतहरूले । आकाशैमा जुन र तारा, राप्ती कर्णाली, साइला, दशा जस्ता प्रेमिल, बैदेशिक पीडा जस्ता गीतसँगै हिड्नै पर्छ, नयाँ सोच, नयाँ जाँगर जस्ता क्रान्तिकारी गीतमा भरतले आवाज भरिसकेका छन्।

यसै क्रममा उनले पछिल्लो समय आफ्नै यूट्यूव च्यानल खोलेका छन्। ‘Bharat Pariyar Official’ नामक युट्युव च्यानलमार्फत हालै नयाँ गीत बिछोडको पिडा बोलको गीत सार्वजनिक गरेका छन्।

उक्त गीतमा गायक परियारलाई गायत्री राना मगरले स्वरमा साथ दिएकी छन्। राजु श्रेष्ठको शब्द रचना रहेको उक्त गीतको संगीत गायक परियारले निर्माण गरेका छन्। नरेन्द्र बहादुर धामीले निर्देशन गरेको गीतका दृश्यहरू शरोज शाहीले क्यामेरामा कैद गरेका हुन्। गीतमा विजय केसी, निरू मगर, देव कुमारी खड्गीलगायतको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्,


ताजा समाचार