संसद्‌मा रास्वपा र राप्रपाको नाराबाजी (तस्बिरसहित)

काठमाडौँ। प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन्।

सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन्।

सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन्।


ताजा समाचार