एयर इन्डिया विमान दुर्घटना: २४२ जनामध्ये एक जनामात्रै जीवित
नयाँदिल्ली। एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए। अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ।
विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका हुन्। उनको भिडियो पनि सार्वजनिक भएको छ।
लण्डन जान लागेकी एक युवती १० मिनेट ढिला हुँदा एयर इन्डियाको भीषण विमान दुर्घटनाबाट संयोगले ज्यान जोगाउन सफल भएकी छन्। रिपब्लिक टिभीको रिपोर्ट अनुसार, भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेको कारण दुर्घटनाग्रस्त भएको एआई-१७१ विमान चढ्नबाट छुटेकी थिइन्।
‘मेरो शरीर अझै काँपिरहेको छ। मेरो ज्यान जोगियो भन्ने सोच्दा पनि डर लागिरहेको छ,’ चौहानले भनिन्। उनका अनुसार उनी दिउँसो करिब १स्३० बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन्।
रुपाणी लण्डन जाँदै गरेको एयर इन्डियाको आई१७१ फ्लाइटमा सवार २४२ जना यात्रुमध्ये एक थिए। यो विमान उडेपछि केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। उनी विमान दुर्घटनामा ज्यान गुमाउने गुजरातका दोस्रो मुख्यमन्त्री बनेका छन्।
विजय रुपाणीले सन् २०१६ को अगस्टमा आनन्दीबेन पटेलको आकस्मिक राजीनामापछि गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार सम्हालेका थिए। उनले सन् २०२१ मा पदबाट राजीनामा दिएपछि भूपेन्द्र पटेल गुजरातका १७ औँ मुख्यमन्त्री बनेका थिए।