१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८३/८३ का लागि विनियोजित बजेट प्रस्तुत गरेका छन्।
संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका हुन्। यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ।
उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ। यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ। आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ।