दक्षिणअफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक : आईसीसी
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबार दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको उत्कृष्ट प्रदर्शनको खुलेर प्रशंसा गरेको छ।
वेस्ट इन्डिजमा आज बिहान भएको खेलमा नेपाली क्रिकेट टोली १ रनले दक्षिण अफ्रिकासँग हारेर सुपर ८ मा पुग्ने अवसर गुमायो।
नेपालका कप्तान रोहित पौडेलले खेलपछि प्रतिक्रिया दिंदै, ‘नेपालले आज गरेको प्रदर्शन गर्व गर्न लायक छ र आगामी दिनमा यो अनुभव काम लाग्नेछ,’ भने।
आईसीसीले पनि नेपालले देखाएको प्रदर्शनको प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’ आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई मेन्सन गर्दै यो सन्देश दिएको हो।




