पूजार सार्कीको फस्ट लुक
अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ स्क्रिन सेयर गर्ने फिल्म पूजार सार्कीको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
पुरानो टेक्स्चरमा तयार पारिएको पोस्टरमा अभिनेतात्रय आर्यन, प्रदीप र पललाई प्रस्तुत गरिएको छ। पोस्टरको डिजाइनले फिल्मको कथा निकै वर्ष अधिको रहेकै प्रतित हुन्छ। फिल्ममा अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बूले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन्। बराइलीले यसअघि महापुरुषमा अभिनय गरेकी थिइन् भने परीक्षाले जारी र छक्का पन्जा ४ मा अभिनय गरेकी छन्।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या काळी, तारा शर्मा, शकर आचार्य, प्रेम सुव्या, गोविन्द रमण पराजुली लगायतले अभिनय गर्नेछन्। फिल्मको निर्देशन दिनेश राउतले गरेका छन्।
निर्देशक राउतका प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाश लगायतका सफल फिल्म दिइसकेका छन्। फिल्म विकास सुवेदीले लेखेका छन्। संगीतकार सुवास भुसालले निर्माण गर्ने फिल्ममा उनकै संगीत हर्क साउद, बी.पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, प्रकाश सपूत, शान्तिश्री परियार र केतन क्षेत्रीको स्वर, हिमाल केसीले द्वन्द्व र कला निर्देशन दिनेश लामा (गैडा) को रहनेछ।
फिल्मको युनिट छायाँकनका लागि आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ लागेको छ।




