कमेडी च्याम्पियन सिजन ३ फागुनदेखि
काठमाडौँ । कमेडी शो कमेडी च्याम्पियनुको तेस्रो सँस्करण घोषणा भएको छ । फागुन ३ देखि यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने सम्झौता भएको छ ।
थ्री प्रोडक्सनको प्रस्तुति रहने यो सँस्करणलाई अझै उत्कृष्ट बनाइने निर्देशक विशाल भण्डारी बताउँछन् । सिजन एक र दुई सिजनलाई सबैले मन पराइदिनुभयो । हाम्रो काम खासमा स्क्रिनले नै बोलिरहेको हुन्छ । यो काम हाम्रो सानो टिमले गरेको हो, भण्डारीले भने, यही टिमले तेस्रो सँस्करणलाई अझै उत्कृष्ट शो बनाउनेछ ।
कान्तिपुर मिडिया ग्रुपका सिइओ शिशिर पछाई कोभिडपछिका समाजलाई यो सँस्करणले हँसाउँदै लैजानेमा विश्वस्त छन् । कोभिडपछिका दर्शकलाई पुर्ण रुपले हँसाएर लैजानेछ भन्नेमा विश्वस्त छु, उनले भने।
शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ । शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ । शोमा निर्णायककारुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, रिचा शर्मा र मनोज गजुरेल छन् । मेरो हाँसो स्क्रिप्टेड हुँदैन । म अरुजस्तो जबरजस्ती हाँस्दिन, पत्रकार सम्मेलनबीच सोधिएको प्रश्नमा निर्णायक पन्तले जवाफ दिए ।




