पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी काठमाडौँ फर्किएकी छन्।

यही जेठ १० गते राति एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी भण्डारी आज बिहान काठमाडौँ फर्किएकी हुन्। चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन्। उनले शनिबार गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन्।

चेङ चीन सरकारको दोस्रो बरियता र चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ बरियताका नेता हुन्। चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन्। त्यसअघि बेइजिङ पुग्नासाथ विद्या भण्डारीले सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेकी थिइन्।


ताजा समाचार