भारत-पाकिस्तान युद्ध: ३ घण्टा नवित्दै युद्धविराम उल्लंघन

नयाँदिल्ली। भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ।

राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

सञ्चारमाध्यामहरुका अनुसार राजौरीमा गोलाबारी गरिएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भने, ‘यो कस्तो प्रकारको युद्धविराम हो? श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्।’


ताजा समाचार