भारतलाई नेपालको सन्देश: छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं

काठमाडौं। भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले ‘छिमेकीविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने’ प्रतिबद्धता दोहोर्‍याएको छ ।

शुक्रबार बालुवाटार पुगेका काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिइने बताए ।

‘नेपाल विश्व शान्तिको पक्षमा छ, सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान अनुरुप पहिल्यै आतंकवादी हमलाको भर्त्सना गरिएको छ’, ओलीले भनेका छन् । भारत–पाकिस्तान तनावबीच सार्वजनिक रुपमा फरक–फरक तथ्यहरू आइरहेका बेला जारी परिस्थितिबारे ब्रिफिङ गर्न राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए ।


ताजा समाचार