नीति तथा कार्यक्रम: लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध

काठमाडौँ। राष्ट्रपति डा.रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतत्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन्। ‘समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ,’ उनले भने। संयुक्त सदनमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायत दुवै सदनका सांसदहरू उपस्थित छन्।

नीति तथा कार्यक्रममा नै नेपालको संविधानको समिक्षा गर्ने र संविधा संशोधनको प्रक्रिया अघि बढाउने घोषणा राष्ट्रपति पौडेलले गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने,‘उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आय आर्जनका अवसरहरू वृद्धि गरिनेछ। सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गरी जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ।’

 

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार