आईपीएल २०२५ को पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने

काठमाडौं । आगामी महिना सुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक‌ भएको छ ।

आगामी मार्च २२ देखि सुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइतबार खेल तालिका सार्वजनिक‌ गरेको‌ हो ।

तालिका अनुसार पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । पहिलो खेल कोलकातामै हुनेछ ।

त्यसैगरी दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।

त्यस्तै मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्‍जाब किङ्स र गुजरात टाइटन्सले आ-आफ्नो पहिलो खेल खेल्ने छन् ।

फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ । गत संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको थियो ।

आईपीएल २०२५ को पूरा तालिका यहाँबाट हेर्न सकिनेछ ।


ताजा समाचार