निर्वाचनको विकल्प छैन: अध्यक्ष प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन्।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्दै भयरहीत वातावरणमा निष्पक्ष चुनाव जनताले माग गरिरहेकाले दलहरूल त्यसको तयारीमा लाग्नुपर्ने बताएका हुन्।

उनले कम्युनिस्टले मात्र देश विकास तथा जनताको पक्षमा काम गर्न सक्ने भएकाले कम्युनिस्ट शक्तिबीच एकता वर्तमान आवश्यकता भएको उल्लेख गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा गरी देशमा विद्यमान सङ्कटको समाधान गर्न समान वैचारिक दृष्टिकोण बोकेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताए।

 


ताजा समाचार