टी–२० विश्वकप : वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार आयोजक वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डको सामना गर्दैछ । खेल सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ६ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपको ‘सुपर–८’ चरणमा खेल्न लागिएको यो दोस्रो खेल हो । प्रतियोगिताको ‘सुपर–८’ चरणमा वेस्ट इन्डिज र इंग्ल्यान्ड ‘समूह–२’ मा परेका छन् । दक्षिण अफ्रिका र आयोजक अमेरिका पनि यही समूहमा छन् ।


ताजा समाचार