कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
खुलालु। कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका २ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले पलाँता९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको जानकारी दिए।
मृत्यु हुनेमा पलाँता ४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन्। ट्र्याक्टर भीरबाट खसेको बताइएको छ।