उत्तर कोरियाले क्षेप्यास्त्र हान्यो : दक्षिण कोरिया

काठमाडौँ। दक्षिण कोरियाली सेनाले सोमबार उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समयअनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन्।

सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको पनि उल्लेख गरिएको छ।

उत्तर कोरियाको सरकारी मिडियाले सोमबार सुरु भएको अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै यसले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ खराब बनाउने उल्लेख गरेको छ।


ताजा समाचार