चिलीमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ६।१ म्याग्निच्युडको थियो । यद्यपि हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन ।
यसको केन्द्र सान पेड्रो डे अटाकामा शहरबाट १०४ किलोमिटर दक्षिण पश्चिममा थियो। यो बोलिभियाको सिमानामा अवस्थित सहर हो। भूकम्पको गहिराई ९३ किलोमिटर थियो ।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि त्यहाँका मानिसहरूमा ठुलो त्रासको वातावरण बनेको थियो । एजेन्सी