म्यानमारविरुद्ध नेपालले परिवर्तन गर्‍यो तीन खेलाडी

काठमाडौँ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत म्यानमारविरुद्धको खेलमा न‍ेपालले तीन खेलाडी परिवर्तन गरेको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अघिल्लो खेलबाट तीन खेलाडी परिवर्तन गरेका हुन्।

नेपाली टोली आज रेनुका नगरकोटेको कप्तानीमा मैदान उत्रिनेछ। नियमित कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको स्थानमा गोलरक्षक अञ्जना रानामगर सुरुवाती ११ मा आएकी छन्।

विमला चौधरीको स्थानमा सरु लिम्बु आएकी छन्। फरवार्ड रेखा पौडेल आजको खेलमा बेन्चमा छन्। उनको स्थान रश्मीकुमारी घिसिङले लिएकी छन्।

आजको प्लेइङ ११

अन्जना राना मगर, सावित्रा भण्डारी, सविता राना, प्रीति राई, रश्मी घिसिङ, विमला विक, पूजा राना, रेनुका नगरकोटे, सरु लिम्बू, गीता राना र समीक्षा घिमिरे


ताजा समाचार