च्याम्पियन्स ट्रफी : आज इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै

एजेन्सी। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ ।

यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ ।

अस्ट्रेलिया सन् २००६ को पाँचौ , २००९ को छैठौं संस्करणको च्याम्पियन हो । तर, च्याम्पियन्स ट्रफीको पछिल्लो २ संस्करणमा अस्ट्रेलियाले कुनै जित हात पार्न सकेको छैन । इङ्ग्ल्याण्डलाई पराजित गर्दै हारको शृङ्खला तोड्ने लक्ष्यमा अस्ट्रेलिया रहेको छ ।

इङ्ग्ल्याण्ड २००४ र २०१३ संस्करणमा उप विजेता बनेको थियो । यो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ इङ्ग्ल्याण्ड मैदान उत्रने छ ।

अस्ट्रेलियाले ट्रेभिस हेड र एडम जाम्पाजस्ता खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । इंङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चर र कप्तान जोस बटलरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ ।


ताजा समाचार