च्याम्पियन्स ट्रफी : आज भारत र बंगलादेश खेल्दै

काठमाडौं । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् ।

भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।

समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो ।


ताजा समाचार