नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित (तस्विरहरू)
काठमाडौँ। नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवान प्रान्तको युवा टोलीसँग पराजित भएको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल चीनसँग २–० गोलले पराजित भयो ।
युवानले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । युवानको जितमा यु मोङ्घायुईले २१औँ मिनेटमा करिव २० यार्ड लामो प्रहारमा सोझै गोल गरेका थिए ।
त्यसपछि ७८औँ मिनेटमा वाङ्ग बिनहानले पोस्ट् नजिक पाएको वान भर्सेस वानको प्रहारमा सहज गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । नेपालले पनि पहिलो हाफमा दुई र दोस्रो हाफमा एउटा राम्रो गोलको मौका गुमाएको थियो । नेपालको प्रयासमा युयानका गोलरक्षक वाधक बनेका थिए ।
खेलका क्रममा चिनियाँ खेलाडीको ट्याकलबाट नेपालका आशिष राईको खुट्टामा गम्भर चोट लागको छ । चीनका डेली मोरीले फल हानेपछि राईको खुट्टा भाँचिएको हो। घाइते राईलाई तत्काल अस्पताल लगिएको थियो ।
चिनियाँ नयाँ (सर्प) वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चीनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको हो।













