तेस्रो टी-२० खेलमा भारत हारो इङ्ग्ल्यान्डसँग

काठमाडौँ । भारतको गुजरातस्थित राजकोटमा सम्पन्न पाँच खेलको टी-२० शृंखलाको तेस्रो खेलमा इङ्ग्ल्यान्डले भारतलाई २६ रनले पराजित गरेको छ।

पहिलो ब्याटिङ गर्दै इङ्ग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १७१ रनको चुनौतीपूर्ण योगफल तयार गर्‍यो। बेन डकेटले उत्कृष्ट प्रदर्शन गर्दै ५१ रन बनाए।

१७२ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोली २० ओभर खेलेर ९ विकेट गुमाउँदै १४५ रनमै रोकियो। भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे।

बलिङतर्फ वरुण चक्रवर्तीले प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ५ विकेट झारे, तर उनको उत्कृष्ट बलिङले पनि भारतलाई जित दिलाउन सकेन।

यसअघि शृंखलाका पहिलो दुई खेल भारतले जितेको थियो। यो जितपछि पनि इङ्ग्ल्यान्ड १-२ ले पछि नै छ।

शृंखलाको चौथो खेल जनवरी ३१ मा पुणेमा हुनेछ।


ताजा समाचार