केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु र कुहिरो
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव कायम छ।
विभागले जनाएको अनुसार, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली छ, भने तराईका धेरै भूभागमा हुस्सु र कुहिरो छाएको छ।
आज दिउँसो कोशी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।
यसैगरी, कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा केही ठाउँमा हल्का हिमपातको सम्भावना छ। देशभर अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।
तराई र उपत्यकाका धेरै क्षेत्रमा विशेष गरी बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले यातायात, कृषि, स्वास्थ्य तथा दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




