सरकारका सय दिन: हात्ति आयो हात्ति आयो फुस्सा

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले ल्याएको परिवर्तनले हौसिएकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई बडो हर्सोल्लासका साथ डोलीमा चढाएर जेन–जी पुस्ताहरुले सिंहदरबारभित्र छिराएर प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराएका थिए।

पूर्वप्रधानन्यायाधीश हुँदा होस् या जेन–जीहरुको आन्दोलनमा पुराना दलहरुतिर फर्केर डुक्रेकै कारण निडर, हक्की स्वभावको पहिचान बनाएकी कार्कीले जेन जीहरुले उठाएका मागहरु पक्कै हिम्मतका साथ पूरा गर्छिन भन्ने भरपूर अपेक्षा पनि राखेका थिए जेन–जी पुस्ताहरुले । तर सरकार गठनका सय दिन सकिँदासम्म पनि माखो नमारेपछि अहिले कार्कीले नै जेठो छोरो बनाएका सुदन गुरुङ मात्र असन्तुष्ट छैनन्, आम जेनजीहरु प्रधानमन्त्रीका कार्यशैलीप्रति आक्रोश पोख्न थालेका छन् र राजीनामासमेत माग्न थालेका छन् ।

जेन–जीहरुले आन्दोलनताका राखेको भ्रष्टाचार, राजनीतिक विसंगति,नेपोटिजमको डरलाग्दो आन्दोलनको जगमा भदौ २७ गते सुशिला कार्कीलाई प्रधानमन्त्रीको कुर्सीमा बसाईएको थियो, जुन उद्देश्य, आशा र भरोसाले नियुक्ति गरियो १०० दिन पार गर्दा पनि आन्दोेनको मर्म र भावनाअनुरुप काम हुन सके जेन–जी भदौं २३ र २४ गतेको निर्णायक जेन–जी आन्दोलनको जनादेश, विषम राजनीतिक परिस्थितिको बीचबाट शक्ति सन्तुलनका आधारमा युवापुस्ताहरुले पत्याएकी सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिनु अस्वभाविक थिएजेन–जी जुन अपेक्षा र आत्मविश्वासकासाथ जेन–जीहरुले कार्कीलाई प्रधानमन्त्री बनाए, त्यसअनुसारको कामको स्प्रिट हुनुपर्ने थियो त्यो हुन सकेजेन–जी किन हुन सकेन जेन–जीहरुले गम्भिर चासोका साथ हेरिरहेका छन् र खबरदारी पनि गरिरहेका छन् ।

अहिले केही सीमित जेन–जीहरु अर्थात ३७ वर्षीय जेन–जी सुदन गुरुडका अगाडि पछाडिका जेन–जीहरुबाहेक प्रायःजसो जेन–जीहरु सरकारको विरुद्धमा माईतिघर मण्डलामा आन्दोलन गरिरहेका छन् र दिनदिदै प्रहरीलगायत पत्रकारहरुसँग पनि काट्मारको अवस्थामा छ । प्रधानमन्त्रीको कुर्सीमा बसेको केही समयमै कार्कीले भनेकी थिईन, मलाई जेन जीहरुको माग सम्बोधन गर्ने अधिकार छैन, निर्वाचन गराउन आएकी हुँ, निर्वाचनबाट आएका जनप्रतिनिधिहरुलाई सत्ता सुम्पन्छु र बाहिरिन्छु ।

तर जेन–जीहरुले उठाएका मागहरु जसरी प्रधानमन्त्री कार्की स्वंले तुहाउँदैछिनन् त्यही तरिकाले प्रधानमन्त्री कार्कीले स्वं स्वीकारेको विषय तोकिएकै समयमा निर्वाचन गराउने थिया त्यो पनि तुहिने संकेत देखापर्दैछ । यतातिर संसदका ठूला दलहरु नेपाली काँग्रेस नेकपा एमालले संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा निवेदन दिईसकेका छन् भने सरकारको कार्यशैलीले पनि निर्वाचन गर्ने माकाफुईँ त गर्दै छ । तर हुने भित्री इच्छा शक्ति देखिएको छैन किन भने निर्वाचबाट आएका जनप्रतिनिधिहरुबाट जेन–जीहरुका माग सम्बोधन हुने लक्षण यो सरकारले देखिरहेका छैन र निर्वाचनको नाटक मञ्चन गरिरहेको संकेत देखिदै छ । जेन–जीहरुले उठाएका मागहरु विगतदेखिका ठूला भ्रष्टाचारीहरुलाई कानुनी कठ्घरामा ल्याउने, दण्डहीनता, सुशासन त परै जाओस् प्रधानमन्त्री कार्कीको अर्जुनदृष्टिमा परेको निर्वाचन पनि हुने संकेत देखिएको छैन, त्यो संकेत उनकै जेठो छोरोले भनेको शब्द (संसद पुनःस्थापना हुनसक्छ) ले काफी पुगेको छ ।

पछाडि फर्केर हेर्ने हो भने पराना भनिएका दलहरुका सभापति हो या अध्यक्षहरुले देशमा आएपरेका विषम परिस्थितमा आफ्ना दाहिने हात मानिएका नेताहरु मार्फत त्रुपका शब्दावली फ्याक्ने चलन थियो र अहिले पनि त्यही त्रुपको प्रयोग भै नै रहेका छन् । तत्कालको उदाहरण भन्नुपर्दा गएको सर्वदलीय वैठकमा एमालेको तर्फबाट महेश बस्नेतलाई त्रुपका रुपमा केपी ओलीले पठाएका थिए । त्यसैलाई आधार मान्ने हो भने प्रधानमन्त्री सुशिला कार्कीले जेठो छोरो बनाएकी अर्थात दाहिने हात सुदन गुरुडले बोलेको त्रुप अर्थात कार्ड संसद पुनःस्थापना हुनसक्छ भन्ने बाक्यांशलाई आधार मान्ने हो भने के अब निर्वाचनको माहौल तयारी गरे जस्तो मात्रै गरौं, भेट्घाट गरे जस्तो गर्दै जाऔं, मिटिड, बैठक बसेजस्तो गर्दै जनतालाई भुलाउँदै गरौं र अन्त्यमा संसद पुनःस्थापनाको पक्ष मैं जाऔं भन्ने प्रधानमन्त्री कार्कीको लाईन हो ?


ताजा समाचार