एनपीएल खेल्न काठमाडौं आइपुगे रबि बोपारा

काठमाडौं । इंग्लिस अलराउण्ड रबि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।

चितवनले आफ्नो पहिलो खेलमा सोमबार काठमान्डु गुर्खाजको सामना गर्नेछ । इंग्ल्याण्डको राष्ट्रिय टिमबाट तीनवटै फर्म्याट खेलिसकेका अनुभवी बोपारा पहिलो पटक लिग खेल्न नेपाल आएका हुन् ।

बोपाराको आगमनले चितवनको टोली मध्यक्रममा बलियो बनेको छ । चितवनबाट खेल्ने चार विदेशी खेलाडी यसअघि नै आइसकेका छन् । इंग्ल्याण्डकै युवा खेलाडी लुक बेन्केन्सटेइन, नामिबियाका जान निकोलस लफ्टी इटन, पाकिस्तानका सोहेल तनविर र अफगानिस्तानका हसन इसिखिल यसअघि नै काठमाडौै आइसकेका छन् । एनपीएलमा एक टिमले एकै खेलमा चार विदेशी खेलाडी खेलाउन पाउनेछन् ।

युवा अलराउण्डर कुशल मल्ल कप्तान तथा मार्की रहेको चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् ।

Photo : Chitwan Rhinos Facebook Page


ताजा समाचार