भारतको अयोध्या सजाउन लगाइएको ५० लाखबराबरको लाइट चोरी
काठमाडौं। भारत आयोध्यामा रामपथ र भक्तिपथ सजाउन लगाइएका लाइटहरू चोरी भएको छ । भारतीय मिडियाका अनुसार, यी स्थानलाई अत्यधिक सुरक्षित मानिन्थ्यो । सजावटका लागि ३ हजार ८ सय बेम्बू लाइट र ३६ गोबो प्रोजेक्टर लाइट चोरी भएको हो । चोरी भएको लाइटहरूको कुल मूल्य ५० लाख भातरीय रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
यत्रो परिमाणमा सरकारी सम्पत्ति चोरी हुँदा स्थानीयबासी र प्रहरीले कुनै सुइँको पाएनन् । रामपथ किनारका रुखमा ६ हजार ४ सय बेम्बू लाइट र भक्तिपथमा ९६ गोबा प्रोजेक्टर लाइट लगाइएको थियो ।




