ट्रकले स्कुटरलाई ठक्कर दिएर घिसार्यो, गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू)
भक्तपुर। भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।
ना.६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ ।
ज्यान गुमाएकी महिलाको पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएकी महिलाको झोला भेटिएको छ । उनी कलेजकी विद्यार्थी रहेको बताइएको छ ।
दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । अहिले त्यहाँको अवस्था तनावपूर्ण छ भने भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ ।
तस्बिरहरू:
खबरहब









