काठमाडौंमा जगन्नाथ रथयात्रा यसरी मनाइँदैछ (तस्बिरहरू)

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले आइतबार काठमाडौंमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न गर्यो। यो ३९औं महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले कमलादीमा रथ तानेर गरे।

नेपाली संस्कृतिको संरक्षण र समाजमा आध्यात्मिक वातावरण स्थापनाका लागि प्रेरित यो रथयात्रा महोत्सव कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्यूरोड, वसन्तपुर हुँदै टुडिखेलमा समापन भएको थियो।

नेपाली इतिहासमा प्राचीन कालदेखि नै राजाको प्रमुख आतिथ्यमा रथयात्रा हुने परम्परा थियो।

यस संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यस वर्षको रथयात्रा पनि सम्पन्न भयो।

रथयात्रासँगै भगवान जगन्नाथलाई १०८ परिकार चढाइएको थियो। भारतको जगन्नाथ पुरीमा पनि आजकै दिन विशेष समारोहसहित रथयात्रा गरिन्छ।


ताजा समाचार