न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएपछि कप्तानी पद छाडे विलियम्सले
एजेन्सी। आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्युजिल्यान्डका कप्तान केन विलियमसनले टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्।
विलियम्सले सेतो बलको कप्तानी छाड्नुका साथै सेन्ट्रल कन्याट्रयाक्टमा समेत नरहने घोषणा गरेका हुन्।
सन् २०१४ पछि न्युजिल्यान्ड पहिलो पटक सुपर ८ मा पुग्न सकेन। समूह ‘सी’ मा रहेको न्युजिल्यान्ड तेस्रो स्थानमा रहँदै विश्वकपबाट बाहिरियो।
यो समूहबाट वेष्ट इण्डिज अपराजित रहँदै शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगे। युगान्डा चौथो र पिएजी पाचौँ स्थानमा रहेर विश्वकपबाट बाहिरिए।
विलियम्सको कप्तानी छाड्ने निर्णयको बावजुद अर्को महिना हुने टेस्ट च्याम्पियनसिप र अर्को वर्ष हुने आईसीसी च्याम्पियन्स ट्रफीमा भाग लिने प्रतिवद्धता भने गरेका छन्।
३३ वर्षीय विलियम्सले भविष्यमा केन्द्रीय सम्झौता स्वीकार गर्ने सम्भावना भने खुला रहेको बताएका छन्।
उनले भने, ‘टिमलाई अघि बढाउनका लागि सहयोग गर्न म सधैँ तयार छु र टोलीका लागि भावुक पनि छु। न्युजिल्यान्डका लागि खेल्नु मेरो लागि अमुल्य छ।’
न्युजिल्यान्डले अर्को महिना सेन्ट्रल कन्याक्टमा करहने खेलाडीको घोषणा गर्ने अपेक्षा गरिएको छ।
जुन सूचीबाट विलियमससहित अर्का खेलाडी लोकी फर्गुसन पनि सेन्ट्रल कन्ट्याक्टमा रहने छैनन्। उनले यसअघि नै सेन्ट्रल कन्याक्ट स्वीकार नगर्ने बताइसकेका छ्न्।




