प्रचण्डलाई शेखरको सुझाव: सच्चिन सकिंदैन भने सरकार छोड्नु पर्‍यो

काठमाडौं। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने उनले बताएका हुन्।

उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए। उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए।

उनले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताए। नेता कोइरालाले मतदातालाईसमेत प्रश्न गरेका छन्, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरु सुध्रनुभो ?’ उनले भने।

प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ। राष्ट्रिय सभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनले बताए ।


ताजा समाचार