वमरफिया कस्मो एण्ड न्युट्राको प्रोडक्टहरु बजारमा

काठमाडौँ। वमरफिया कस्मो एण्ड न्युट्राले आफ्नो प्रोडक्टहरू बजारमा लन्च गरेको छ।

बुधबार लामो समयको अध्ययनपछि ब्युटी प्रोडक्टहरू एक कार्यक्रमको बीचमा लन्च गरेको हो। केही समयदेखि वमरफिया कस्मो एण्ड न्युट्राले आफ्नो प्रोडक्टहरु कस्तो छ ? भनेर परिक्षण गर्नको लागि ब्युटिसियनहरुलाई पढाइएको थियो।

जसको रिजल्ट राम्रो आएपछि प्रोडक्ट लन्च गरेको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा डा.राज्यश्री श्रेष्ठ र माला एसोसरको अध्यक्ष बिमला रिजाल ढुंगेललगायत ब्युटिसियन विज्ञहरुको माझमा प्रोडक्ट लन्च भएको थियो। साथै प्रोडक्टको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा ५० जनाभन्दा बढी ब्युटिसियनहरु उपस्थिति थिए।

कार्यक्रममा बजार व्यवस्थापक प्रमुख दया सागरले लन्च भएको पाँच ओटा प्रोडक्ट प्रयोगको फाइदा, प्रोडक्टमा के के इन्डिग्रेटहरु मिसावट रहेको छ त्यसको बारेमा जानकारी दिएका थिए। साथमा उहाँले पाकिस्तानी प्रोडक्ट भएको जानकारी गराए।

वमरफिया कस्मो एण्ड न्युट्रा कम्पनीको कस्मोटोलोजिस्ट युनिशा शाहीले सेल्स म्यानेजरको भूमिका सम्हालेकी छन् भने मूख्य कोडिनेटरको भूमिकामा आइटिसी ब्युटि पार्लर एण्ड ट्रेनिङ स्कूलको अध्यक्ष शोभा अर्याल रहेकी छन्।


ताजा समाचार