कोरानाभाइरस विरुद्धको लडाईँमा सार्क मुलुकहरु एकजुट हुनुपर्छ: मोदी

काठमाडौँ। भारतमा कोरोना भाइरस कोभिड–१९० को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन सार्कलाई सम्झिएका छन्।

कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले सार्क मुलुकहरुले अब महामारीविरुद्ध लड्न एउटा दरिलो रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन्। उनले अहिले मानवजातिको अस्तित्व रहेको ग्रहनै कोभिड–१९ महामारीको चपेटमा परेको र समग्र विश्व र दक्षिण एसियाले उक्त चुनौती सामना गरिरहेको बताएका छन्। प्रधानमन्त्री मोदीले एउटा स्वस्थ विश्वको परिकल्पना समेत गरेका छन्।

यसअघि प्रधानमन्त्री मोदीले पाकिस्तान समेत सदस्य रहेको सार्क संगठनको बेवास्ता गर्दै बिमेस्टकलाई अघि बढाउने रणनीति लिएका थिए। पाकिस्तानमा प्रस्ताव गरिएको १९ औं सार्क शिखर सम्मेलनलाई समेत भारतले बेवास्ता गर्दै आएको छ।

भारत र पाकिस्तानको द्वन्द्व उत्कर्षमा पुगेपछि भारतले सार्कलाई बेवास्ता गर्दै बिमस्टेक ९वे अफ बंगाल इनिसियटिभ्स फर मल्टि सेक्टरल, टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन० लाई विशेष प्राथमिकतामा राखेको आरोप लाग्दै आएको छ।

नेपालमा सम्पन्न १८ औं शिखर सम्मेलनपछि अहिलेसम्म सार्क सम्मेलन हुन सकेको छैन। सार्क संगठनमा भारतसहित नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, भुटान सदस्य राष्ट रहेका छन्। एजेन्सी


ताजा समाचार