प्रधामन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। दोस्रो मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएर्का प्रधामन्त्री केपी शर्मा ओलीलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको छ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो। डिस्चार्जपछि उनी बालुवाटारस्थित प्रधामन्त्रीको सरकारी निवासमा फर्किएका छन्।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

यस्तै, पार्टी महाचिव विष्णु पौडेल, प्रवक्ता नाराणकाजी श्रेष्ठ, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।


ताजा समाचार