जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको अन्त्येष्टि

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन्। मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए। आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ।

त्रिवि शिक्षण अस्पतालबाट सुरू भएको शवयात्रा चक्रपथ हुँदै अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको थियो। सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनीहरूको सम्मानमा असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेपछि पीडित परिवार अन्त्येष्टिका लागि सहमत भएका हुन्।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो। मृतक अधिकांशको गोली लागेर ज्यान गएको थियो भने केहीका शव जलेको अवस्थामा फेला परेका थिए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार गोली लागेकाहरूमध्ये अधिकांशको छाउको र छातीमा लागेको छ।


ताजा समाचार