यी हुन् प्रधानमन्त्री कार्की सरकारका तीन मन्त्री

काठमाडौँ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाएको प्रधानमन्त्रीनिकट स्रोतले बीबीसीसँग पुष्टि गरेको छ।

कार्यभार सम्हालेकै दिन उनले प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूका नाम टुङ्गो लगाएकी हुन्। सिफारिसमा परेका तीनमध्ये एक जनाले राष्ट्रपति कार्यालय पठाइएको सूचीमा आफ्नो नाम भएको बीबीसीलाई बताए।

अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको छ, मन्त्रीमा टुङ्गो लाग्नेमा खनाल भूतपूर्व अर्थसचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हुन्।

अर्यालले काठमाण्डू महानगरका मेअर बालेन शाहका कानुनी सल्लाहकारका रूपमा काम गरेका छन्। यसअघि कार्यभार सम्हालेलगत्तै गरेको सम्बोधनमा प्रधानमन्त्री कार्कीले ‘जेन जी’ पुस्ताको चाहनाबमोजिम काम गर्ने अठोट व्यक्त गरेकी थिइन्।

ताजा समाचार