उखु किसान आन्दोलनमा (फोटोसहित)
काठमाडौँ। आफ्नो परिसानाको मूल्य खोज्दै किसानहरु आन्दोलित बनेका छन्।
आइतबारदेखि संघीय राजधानी काठमाडौैँको माइतीघरमा धर्ना बस्न सुरु गरेका छन्। उखुमा गत आर्थिक वर्ष ०८१/८२ को प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने, मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने, अनुदान तुरुन्त उपलब्ध गराउनुपर्ने र उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने माग अघि सारेका छन्।
१३ जिल्लाबाट आएका किसानहरू उखु लिएर माइतीघरमा जम्मा भएका हुन्। सरकारले आफ्नो आवाज नसुनेपछि किसान काठाडौंको सडकमै धर्ना दिन आउन बाध्य भएका हुन्। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने किसानहरूको अडान छ।
तस्बिर: मुकुन्द कालिकोटे











