मदन-आश्रित प्रतिष्ठानको अध्यक्ष बने प्रदीप ज्ञवाली

काठमाडौँ। मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन्।

प्रतिष्ठानको ३१औँ साधरण सभाबाट ज्ञवाली अध्यक्ष चयन भएका हुन्। यसअघि यो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाल थिए। नेपालको निधन भएपछि रिक्त पदमा ज्ञवाली चयन भएका हुन्।

एमाले स्कूल विभाग प्रमुख रहेका ज्ञवाली प्रतिष्ठानको सदस्य थिए। ‘प्रदीप नेपालले नेतृत्व गरिरहेको प्रतिष्ठानलाई नेतृत्व गर्ने व्यक्ति उच्च तहकै हुनुपर्छ भनेर प्रदीप ज्ञवालीलाई अगाडि बढाइएको हो’, प्रतिष्ठानका सदस्य सन्तोष खड्काले भने।

बाँकी पदाधिकारी र सदस्य भने लगभग पुरानै कायम भएका छन्। उपाध्यक्षमा रामेश्वर फुयाँल, सचिव मधु तिमल्सिना र कोषाध्यक्ष सरोज दाहाल चयन भएका छन्।


ताजा समाचार