प्रकाशकीय: १४ वर्षपछि फर्कियौँ
बाह्र वर्षपछि खोला फर्किन्छ भन्ने नेपाली युक्तिलाई समेत पार गरेर हामी १४ वर्षपछि पुन: आफ्नो काममा फर्केका छौँ । १४ वर्षको दौरानमा विभिन्न बाधा र अवरोधहरू आए । ती बाधाहरू कति पञ्छाउने प्रयास गरिए त कति गरिएनन् । जे सोचेर हामीले सडक सदन साप्ताहिकलाई अघि बढाउने प्रयास गरेका थियौँ, त्यो अनुसार काम गर्न नसकिएको कुरा स्वीकार गर्न हामीलाई लज्जाबोध छैन । किन कि हामीले सुरूवातका अंकमा केही राम्रा प्रयास मात्र गर्न सक्यौँ । त्यसपछि तत्कालिन मुलुकको अस्थिर राजनीति र विभिन्न कारणले हाम्रो यात्रा सहज भएन । हाम्रो यात्रालाई जेनतेन सञ्चालन त गर्न सक्थ्यौँ । तर, प्रभावकारी रूपमा अघि बढाउन सकिदैन थियो । तत्कालिन समयमा संविधान निर्माणको विषय प्रधान बनिरहेको थियो । समय अपुगका कारण दोस्रो संविधानसभाको निर्वाचन गर्न मुलुक बाध्य बनेको थियो । अर्थात मुलुकले व्यहोरिरहेको तत्कालिन राजनीतिक अस्थिरता र आथिर्क सकंटले पारको प्रत्यक्ष असरको आगामो हामी पनि सेकिन पग्यौँ। यस पृष्ठभूमिमा हामीले राकेको पाइलाहरू फरेी रचनात्मक ढगंले चाल्ने निणर्य गरको छौँ। यस निणर्यलाई कार्य व्यवहारमा पभ्रावकारी रूपमा उतानर्का निम्ति विभिन्न बाधा व्यवधान र चुनौती अहिले पनि छन् । यसमा हामी स्पष्ट छौँ। अर्को कुरा बजार निक्क प्रतिष्पर्धात्मक छ। यस प्रतिष्पर्धामा हामी उतिर्ण हुनेछौँ भन्ने हाम्रो दृढ विश्वास छ।
यस अवरमा हामी सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता र सबैमाझ यो खबर सम्प्रेषण गर्न पाएकोमा खुशी छौँ । साथै यस अभियानमा साथ सहयोग र समर्थनको समेत अपेक्षा गरेका छौँ । नेपाली पत्रकारिता क्षेत्रले वर्तमान अवस्थमा अनेकन समस्या र व्यवधान व्यहोरिरहेको कुरा घाम जस्तै छ । नेपाली पत्रकारिताले विभिन्न आरोह अवरोधहरू पारगर्दै यहाँसम्म आइपुगेको समेत हामीले देखेका छौँ । प्रविधिको विकास र पहुँचले आज गाउँघर, शहर र विश्वलाई नै सानो आकारमा देखाइरहेको यस सच्चाईमा हामीले चाल्ने कदम र कोसिसहरू पनि उस्ता उस्तै हुनेछन् । तर, हाम्रो पहुँच र सामथ्र्यले सकेसम्म अरूभन्दा भिन्न देखिने प्रयास जरूर हुनेछ । यो प्रतिवद्धतासँगै अर्को कुरा भनेको हाम्रा प्रयासहरू मुलुकको विद्यमान संविधानलाई सम्मान, कार्यान्वयन र व्यवहारिक बनाउनेमा केन्द्रित हुनेछन् ।
साथै सञ्चार क्षेत्रका विभिन्न निकायको नियम र आचारसंहिता पालना गर्नु हाम्रो कर्तव्य र दायित्वसमेत हो भन्ने कुरा हामीले भुल्ने छैनौँ । नेपाली पत्रकारिताको विकास र समृद्धिको निम्ति मात्रै नभएर हाम्रो प्रयासले मुलुकको विकास र समृद्धिमा पनि साथ रहने छ । सडक सदन साप्ताहिकले सडक र सदनका विषयलाई प्राथमिकतामा राख्नेछ । किन कि सडक क्रान्तिकारीहरूको हो । अन्याय, अत्याचार, शोषण दमनमा मानिसहरूको हो । राज्य तहबाट हुने भ्रष्टचार, वेतिथि र विधिको उलंघन जस्ता कार्यको विरोधमा नारा लगाउनेहरूको पक्षधरका रूपमा उभिनु हाम्रो कर्तव्य रहनेछ । लोकतन्त्र, सुशासन, विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रताका पक्षमा हाम्रो अविचलित साथ रहनेछ । योसँगै जनताका दमित आवाज र अवस्थालाई ऐन, नियम र कानून बनाउने थलो संसद हो । संसदमा जनताका प्रतिनिधिहरूले के कस्ता आजावहरु उठान गर्छन् ? ती सवाल र सन्देशलाई जनताको बिचमा पुर्याउने काम यस साप्ताहिकले गर्नेछ । आस्था र विचारका आधारमा मानिस कहीँ न कहीँ जोडिन सक्छ । तर, पेशागत मर्यादा र मूल्यलाई बिर्सिने काम हामीबाट कदापी पनि हुनेछैन । स्वच्छ, निश्पक्ष र निडर पत्रकारिताको पक्षमा दृढताका साथ उभिने प्रयास र प्रतिवद्धतासहित हामी १४ वर्षपछि फर्किएका छौँ ।




