हास्यकलाकार जितु नेपाल लाई मातृशोक

काठमाडौं । हास्यकलाकार जितु नेपाल (मुन्द्रे) लाई मातृशोक परेको छ ।

जितुकी आमा योगमायाको ८९ वर्षको उमेरमा निधन भएको हो । उनी दमको रोगबाट ग्रसित थिइन् । लोकन्थलीस्थित आफ्नै घरमा आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले बतायो । योगमायाका ६ छोरा र एक छोरी छन् ।

अहिले पशुपति आर्यघाटमा योगमायाको अन्त्येष्टि भइरहेको छ । अन्त्येष्टिमा कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे माग्नेबुढा लगायत थुप्रै कलाकारहरू सहभागी भएका छन् ।

 


ताजा समाचार