चीनले १४ अर्ब डलरको अमेरिकी सामानमा लगायो भन्सार महसुल

काठमाडौँ। अमेरिकाले लगाएको भन्सार महसुलको जवाफमा चीनले पनि १४ अर्ब डलरको अमेरिकी सामानमा महसुल लगाएको छ।

यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध टर्ने सम्भावना नदेखिएको बताइएको छ।अघिल्लो साता चीनबाट आयात हुने सम्पूर्ण सामानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए। लगत्तै बेइजिङले जस्तालाई तस्तै जवाफ दिने बताएको थियो।यद्यपि, चीनले लगाएको यो कर अमेरिकाको भन्दा केही फरक छ।

अमेरिकाले चीनबाट आयात हुने सम्पूर्ण सामानमा कर लगाउँदा चीनले भने ग्यास, कोइला, कच्चा तेल, कृषि सामग्री र केही गाडीका पार्टपुर्जामा १० देखि १५ प्रतिशतसम्म कर लगाएको छ। यसले वार्ताका लागि केही ठाउँ छाडेको विश्लेषण गरिएको छ।तर, आइतबार वासिङ्टनस्थित चिनियाँ दूतावासले सोमबार चिनियाँ समयअनुसार मध्यरातिदेखि महसुल लागू भएको बताएको छ।चीनले २५ दुर्लभ धातु निर्यातमा पनि प्रतिबन्ध लगाएको छ।

ती धातु विद्युतीय सामग्री र सैन्य सामग्री निर्माणमा प्रयोग हुन्छ।आइतबार ट्रम्पले अमेरिका भित्रिने सम्पूर्ण स्टिल र आलमुनियममा २५ प्रतिशत भन्सार महसुलको घोषणा गरेका छन्। एजेन्सी


ताजा समाचार