यो सरकार प्रतिशोध लिनमात्रै बलियो देखियो, रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रतिशोध लिनुपर्यो भनेमात्रै बलियो देखिएको बताएका छन् ।

उनले भने,‘सरकार बलियो त्यतिखेर देखिन्छ, जतिवेला यसले राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कहीँ नजोडिएको आज उहाँलाई देशको सबभन्दा ठूलो सहकारी ठगको रुपमा देशभरि दौडाईँदैछ । हिजो उहाँलाई ठूलो ठूलो अफर गरेका उहाँहरु आज न्यायपालिकालाई धम्काएर भएपनि फसाईछाड्ने कसरतमा हुनुहुन्छ । त्यसको लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रचण्डले रवि लामिछानेलाई अदालतबाट धरौटीमा रिहा भैसकेपछि सांसदबाट निलम्बन कति न्यायपूर्ण र संविधानसम्मत् छ भन्ने कुरा पूर्नसमिक्षा गरिनुपर्ने माग गरे ।


ताजा समाचार