माओवादीले सरकार बनाउने प्रचण्डको उद्घोष

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै खुट्टामा उभिएर सरकार बनाउने उद्घोष गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले माओवादीले आफ्नै सामर्थ्य र आफ्नै खुट्टामा उभिएर सरकार बनाउने बताएका हुन् ।

उनले अहिले माओवादी सरकार ढाल्ने खेलमा नरहेको पनि बताए । ‘हामी सरकार त बनाउँछौं । तपाईँहरुलाई यो कुरा पत्यार लाग्दैन अहिले । तर, आफ्नै सामार्थ्यमा, आफ्नै खुट्टामा टेकेर सरकार बनाउँछौं । सरकारको खेलमा अहिले हामी छैनौं,’– प्रचण्डले भने ।

प्रचण्डले वर्तमान सरकार संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहेको आरोप लगाए । प्रचण्डले यसको विरुद्ध माओवादीले संसद् र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए ।


ताजा समाचार