अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न सरकार गम्भीर : स्वास्थ्यमन्त्री पौडेल (तस्विरहरु)

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।

एन अटिजम केयर फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्ने सम्बन्धमा समिति नै बनाएर अध्ययन भइरहेको समेत उहाले बताउनुभयो । अटिजम भएका व्यक्तिहरुका लागि नियम र निर्देशिका बनाउन जरुरी रहेको उहाको भनाइ छ । उहाले टिकापुरमा अटिजम भएका व्यक्तिहरुलाई राख्ने केन्द्र बनाउने तयारी भएको जानकारी दिनुभयो । अबको बजेटसम्म समितिको प्रतिवेदनमा विद्यालय खोल्ने, थेरापी खोल्ने र अटिजम भएका समूदायलाई सेवा प्रदान गर्नका आवश्यक काम गर्ने उहाकाले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले अटिजम भएका बालबालिकाको सहयोगार्थ एन अटिजम केयर फाउन्डेसनले गरेको कामको प्रसंसा गर्नुभयो । एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । जुबिन नौटियालको कन्सर्ट २०८१ फागुन १७ गते (१ मार्च २०२५) मा हयात होटलको आँगनमा हुनेछ। फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।


ताजा समाचार