यू १९ विश्वकप : नेपाल स्कटल्यान्डसँग पराजित, सुपर ६ को सम्भावना न्यून

मलेसिया। मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो।

नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा ८ बल अघि नै पूरा गर्यो। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

अब समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग भिड्नेछ।


ताजा समाचार