यु-१९ महिला विश्व : आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं। नेपालले मलेसियामा जारी आइसिसी यु-१९ महिला विश्व कपको आफ्नो दोस्रो खेलमा सोमवार स्कटल्याण्डको सामना गर्दैछ ।
मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
खेलमा नेपालको ब्याटिङ पुर्ण रुपमा धराशाही हुँदा नेपाल ५२ रनमा अल आउट भएको थियो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।
दुवै टोलीका लागि तेस्रो खेलका प्रतिद्वन्दीहरु कठिन छन् । त्यस कारण यस खेलमा जित हात पार्दै दुवै टोली सुपर सिक्सको मार्ग सहज बनाउँने लक्ष्यमा रहेका छन् ।