यु–१९ महिला विश्वकप : पहिलो खेलमा बंगलादेशसँग भिड्दै नेपाल
काठमाडौं। आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।
नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।
पूजा महतोको कप्तानीमा रहेको नेपाली टिमले अभ्यास खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको थियो भने अमेरिकासँग पाँच विकेटले पराजित भयो। नेपाली टिम चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गरेर मलेसिया पुगेको हो।
विश्वकप खेल्ने नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।