राष्ट्रपति पौडेलले गरे फास्टट्रयाकको निरीक्षण (तस्बिरहरू)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्टट्रयाक) आयोजनाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा राष्ट्रपतिले भइरहेका कामकारबाही र प्रगतिबारे जानकारीसमेत लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ।

तस्बिरहरू : राष्ट्रपतिको कार्यालय 


ताजा समाचार