चार वर्षपछि पर्यटकका लागि सीमा खोल्दै उत्तर कोरिया
काठमाडौं। करिब ४ वर्षपछि उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो सीमा खोल्ने भएको छ । सन् २०२० को सुरुवातमा कोभिड महामारी सुरु भएपछि उत्तर कोरियाले सीमानाका बन्द गरेको थियो ।
बीबीसीका अनुसार, अब भने आफ्नो एक शहरमा पर्यटकलाई आउन दिने निर्णय गरेको हो । चीनका दुई टुर अपरेटरले बताएअनुसार पर्यटकलाई चाँडै उत्तर कोरियाको पहाडी शहर सामजियोनमा प्रवेशको अनुमति दिइने छ ।
उत्तर कोरियामा सीमा बन्द भएपछि देशमा खाद्यान्न संकट पैदा भएको थियो ।




