जर्मनीका समकक्षीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ता
काठमाडौँ। जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच भेटवार्ता भएको छ।
जर्मनीको बर्लिनमा सोमबार उनीहरुबीच भेटवार्ता सुरू भएको राष्ट्रपति कार्यालयले जनाएको छ। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनी पुग्ने पौडेल दोस्रो नेपाली राष्ट्र प्रमुख हुन्।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य ३८ वर्षअघि जर्मनीको राजकीय भ्रमणमा गएका थिए। राष्ट्रपति पौडेललाई भेटवार्ताअघि जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो। तस्बिरः राष्ट्रपति कार्यालय